Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो

Loading

चीन नवजात शिशुलाई नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । जन्मिएको ३० घण्टाभित्रै ती शिशुमा कोरोनाको संक्रमण भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ । अहिलेसम्म सबैभन्दा कम उमेरका व्यक्तिमा कोरोनाको संक्रमण भएको घटना हो यो । वुहानको स्थानीय अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका हुन् । वुहानबाटै गएको डिसेम्बरमा नोवेल कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो । शिशुकी आमाको परीक्षण गरिएको थियो सुत्केरी हुनु पूर्व । उनमा संक्रमण देखिएको थियो । तर शिशुमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन ।

अहिलेसम्म सीमित बालबालिकामा मात्रै नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । हालसम्म नोवेल कोरोना भाइरसका कारण ५६३ जनाको मृत्यु भएको छ । २८ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले नवजात शिशुमा नोवेल कोरोनाको संक्रमण भएको जानकारी बुधबार मात्रै दिएको हो । जन्मिदा ३.२५ किलो रहेका शिशु हाल स्थिर अवस्थामा रहेको र उनलाई डाक्टरको निगरानीमा रोखिएको छ । चीन बाहिर २५ देशका १९१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर अहिलेसम्म दुईजनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed