Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

२०७६ माघ १४, दाङ । दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहरा रहेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितुवाको छालासहित दुई पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो । चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनीहरुले बोकेको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed