Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

२०७६ माघ १०, काठमाडौँ – गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें)लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । मिलनलाई मनाङ्गेले सार्वजनिक मञ्चमै झापड हानेका थिए । यता सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीका अनुसार बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed