Breaking News.... EverestOnlineKhabar
April 28, 2026

साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्मले १० दिनमा २२० करोड कमायो

Loading

साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कलेक्शन गरेको छ । गत जनवरी १२ मा रिलीज भएको फिल्मले सुरुको दिनदेखिनै एकदमै राम्रो कमाई गरेको थियो । पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको छ । फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो । यो कुल कमाई विश्वभरीको कलेक्शन हो ।

फिल्मको सफलतापछि अल्लुले आफ्ना दर्शकहरुलाई धन्यवाद दिँदै ट्विटर गरेका छन् । उनले एउटा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो अनुहारमा आएको खुशी निकै सुन्दर छ । यो खुशी मनैभित्रबाट महसुस गरिरहेको छु । हामीलाई खुशी त्यतिबेला मिल्छ जतिबेला दिलभित्रबाट माया पाउँछौँ । तपाईंको माया र आशिर्वादको लागि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed