![]()
२०७६ माघ ०९, काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।


