Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ पुस २७, काठमाडौं । रसुवा प्रहरीले हत्याको आरोपमा गोसाईकुण्डबाट एक जनालाई पक्राउ गरेको छ । आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ बस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेको आरोपमा प्रहरिले सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई पक्राउ गरेको हो । आपसी विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि फरार रहेका तामाङलाई सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले सोही गाउँपालिकाको वडा नम्बर ५ स्याफ्रू बजारबाट आइतबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed