![]()
२०७६ पुस २१ । इङ्लिस प्रिमियर लिग अन्र्तगत लिभरपुल र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई १–० गोलले हरायो । अर्को खेलमा चेल्सीले नथिङघम फरेस्टलाई २–० गोलले पराजित गर्यो । घरेलु मैदानमा लिभरपुलाई जिताउन कर्टिस जोन्सले ७१औं मिनेटमा निर्णायक गोल गरे ।
यसैगरी चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो । चेल्सीको जितमा कलुम हड्सन ओडोइले छैटौं र रोस बार्कलीले ३३औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा सेफिल्ड युनाइटेडले एएफसी फ्याल्डेलाई २–१ गोलले हरायो । टोट्टनहाम मिडल्सबर्गसँग १–१ गोलको बराबरीमा रोकियो ।


