![]()
२०७६ पुस १८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयन गर्न शुक्रबार सचिवालयको बैठक बोलाएको छ । बबरमहलको पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको चयन लगायत उखु किसानले गरिरहेको आन्दोलनको विषयमा छलफल हुने राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए । राष्ट्रियसभा सदस्यका लागि विभिन्न प्रस्तावहरु आएका छन् ती सबैमाथि छलफल हुने उनले बताए ।


