Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विश्वकप अघिको मैत्रीपूर्ण खेलःस्पेन र स्वीट्जरल्याण्डबीच बराबरी

Loading

एजेन्सी,जेठ ।
विश्वकपको तयारीमा रहेका स्पेन र स्वीट्जरल्याण्ड १–१ गोलको बराबरीमा रोकिएका छन् । विश्वकप अघि भएको मैत्रीपूर्ण खेलमा दुई टिम बराबरी गोलमा रोकिएका हुन् ।
पहिलो हाफमा आफ्नो अग्रता जोगाउन नसक्दा स्पेन स्वीट्जरल्याण्डसँग रोकिएको हो । स्पेनका लागि अल्भारो ओड्रिओजोलाले गोल गरे भने स्वीट्जरल्याण्डका लागि रिकार्डो रोड्रिगुएजले गोल गरे ।
खेलको २९औं मिनेटमा आड्रिओजोलाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको स्पेनले दोस्रो हाफमा भने स्वीट्जरल्याण्डलाई रोक्न सकेन । खेलको ६२औं मिनेटमा रोड्रिगुएजले गोल गर्दै स्वीट्जरल्याण्डलाई बराबरीमा पु¥याएका थिए । आइतबार राति नै भएको अर्को खेलमा पेरुले साउदी अरबलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed