Breaking News.... EverestOnlineKhabar
April 27, 2026

स्थानीय तह संख्या थपपछि राजपामा द्विविधा बढ्यो….

Loading

काठमाडौ,१० जेठ ।
मधेसमा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयबारे राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद देखिएको छ । स्थानीय तहको संख्या आफूले मागेजति नबढे पनि दोस्रो चरणको चुनावमा भाग लिनुपर्ने एकथरी नेताको अडान छ भने अर्काथरी यो निर्णय कार्यान्वयनमा आशंका गर्दै आन्दोलनमा जानुपर्ने जिकिर गरिरहेका छन् ।
अध्यक्षमण्डलका ६ अध्यक्षमध्ये शरतसिंह भण्डारी र महेन्द्र राय यादवले संसदमा प्रतिपक्षी एमालेको अवरोधबीच सरकारले मधेसी घटक मनाउन कोसिस जारी राखेकाले अब चुनावमै गएर राजनीतिक एजेन्डा स्थापित गर्नुपर्ने अडानमा छन् । महन्थ ठाकुर र अनिल झा चुनाव र आन्दोलनबारे तटस्थ छन् । राजेन्द्र महतो आन्दोलन घोषणा गरेर जानुपर्ने, बरु वातावरण बने बीचमा स्थगित गर्न सकिने बुझाइमा छन् ।
राजकिशोर यादव कुनै पनि हालतमा आन्दोलनमा जानुपर्ने अड्डी लिइरहेका छन् । राजपाकै एक उच्च नेताका अनुसार आन्दोलनमा जानुपर्छ भन्नेसँग पनि स्पष्ट एजेन्डा देखिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed