Breaking News.... EverestOnlineKhabar
April 29, 2026

स्थानीय तह मत परिणामःचार महानगरपालिका मध्ये ३ मा एमाले, एकमा कांग्रेसको अग्रता

Loading

काठमाडौ,जेठ।
स्थानीयत तह निर्वाचनमा चार महानगरपालिकामा एमाले र कांग्रेसले अग्रता लिएका छन्। जसअनुसार काठमाडौं महानगरपालिकामा एमालेका विद्या सुन्दर शाक्यले अग्रता लिएका छन्। शाक्यले १०८३ मत पाएका छन्। यस्तै नेपाली काग्रेसका राजुराज जोशीले ७४० मत पाएका छन्।
यस्तै विविकशील पार्टीकी रञ्जु दर्शनाले ५०१ मत पाएकी छन् भने साझा पार्टीका किशोर थापाले ३८५ मत पाएका छन्।
यस्तै हालसम्म सार्वजनिक भएको उपमेयरका लागि काठमाडौंमा नेपाली कांग्रेसकी कांग्रेस हरिप्रभा खड्गीले अग्रता लिएकी छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार उनले ९ सय ४२ मत ल्याएकी छन्। यस्तै एमाले र राप्रपाको गठबन्धनका लागि राजाराम श्रेष्ठले ६ सय ४१ मत पाएका छन्। यस्तै साझा पार्टीकी निरूपमा यादवले २ सय ७४ मत ल्याएकी छन्।
भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ।
एमालेका देवी ज्ञवालीले २२५७ मत ल्याएउँदै अगाडि छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल भरतपुरमा दोस्रो स्थानमा रहेकी छन्। उनले सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार १ हजा ५ सय ७७ मत पाएकी छन्।
यस्तै पोखरामा पनि नेकपा एमालेका उम्मेद्वार अगाडि छन्। एमालेका मानबहादुर जिसीले सार्वजनिक भएको मतको ५२३० मत ल्याएका छन्। कांग्रेस र माओवादी गठबन्धनका रामजी कुँवर ३६४२ सहित दोस्रो स्थानमा छन्। यस्तै ललितपुरमा भने नेपाली कांग्रेसको अग्रता रहेको छ। कांग्रेसका चिरीबाबु महर्जनले ५३८२ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यन्जनकार ५३६३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै ललितपुरमा मेयरकै लागि साझा पार्टीका रमेश महर्जन १९४३ मत ल्याएर तेस्रो स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed