Breaking News.... EverestOnlineKhabar
February 9, 2026

आइपिएल क्रिकेटः पूणे विकेटले विजयी

Loading

एजेन्सी,२१ बैशाख ।
२६ वर्षका राहुल त्रिपाठीको बिस्फोटक ब्याटिङका कारण राइजिङ पूणे सुपरजाइन्ट्सले कोलकाता नाइटराइडर्सलाई उसैको मैदानमा ४ विकेटले पराजित गरेको छ। बुधबार रातीको खेल जितेको भए कोलकाता प्लेअफमा प्रवेश गर्ने थियो। तर, घरेलु टोलीको अभियानमा त्रिपाठी भिलेन सावित भएपछि पूणेले अंक तालिकामा आफूलाई झन बलियो बनाएको छ। पूणे अब ११ मध्ये ७ खेल जितेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
कोलकाताले ८ विकेटको क्षतिमा पहिलो इनिङमा बनाएको १ सय ५५ रन पछ्याउने क्रममा पूणेले अन्तिम ४ बल खेल्न बाँकी रहँदा ६ विकेट गुमाएर जित सम्भव पार्यो। एउटा इन्डबाट विकेट झरे पनि त्रिपाठीले ३ छक्का र ९ चौकाको सहयोगले ५२ बलमा ९३ रन बनाए। उनी १९ ओभरमा आउट भए।
अजिङ्क रहाणे (११), कप्तान स्टिभन स्मिथ (९), मनोज तिवारी (८), बेन स्टोक्स (१४) र महेन्द्रसिंह धोनी (५) छिट्टै आउट भएको स्थितिमा त्रिपाठीले उत्कृष्ट इनिङ खेले। यसका लागि उनलाई म्यान अफ दि म्याच पनि घोषित गरियो।
अन्त्यमा डेनियल क्रिश्चियनले अविजित ९ र वाशिङ्टन सुन्दरले अविजित १ रन बनाउदै १९ दशमलव २ बलमा पूणेलाई विजय दिलाए।
यसअघि पहिलो ब्याटिङ गरेको कोलकाताका लागि मनिष पाण्डे (३७), कोलिन डे ग्रान्डहोम (३६) र सूर्यकुमार यादव (३०) बाहेक कसैले प्रभावकारी ब्याटिङ गर्न सकेनन्। कप्तान गौतम गम्भीर २४ रनमा आउट भए। जयदेव उनाकट र वाशिङ्टनले २–२ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.