Breaking News.... EverestOnlineKhabar
April 29, 2026

अन्ततःफुट्यो मधेशी मोर्चा, मोर्चाको औचित्य समाप्त भएको घोषणा

Loading

काठमाडौ,बैशाख ।
अन्ततःसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चा फुटेको छ । लामो समय एउटै मोर्चा बनाएर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा औपचारिक रुपमा नै भंग भएको छ । मोर्चामा आवद्ध ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले मोर्चा भंग भएको घोषणा गरेको हो । मोर्चामा आवद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम वैशाख ३१ को निर्वाचनमा सहभागी हुने भएपछि राजपाले मोर्चा भंग भएको घोषणा गरेको हो ।
मोर्चाका एक घटक उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले धोका दिएको निष्कर्ष निकाल्दै राजपाले मोर्चाको औचित्य समाप्त भएको घोषणा गरेको हो । मधेशवादी छ दलले मिलेर गठन गरेको राजपा नेपालको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले फोरम अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै मोर्चा भंग गरेका घोषणा गरेको हो । बैठकमा राजपा नेताहरुले पहिलो चरणको चुनावका लागि मंगलबार उम्मेदवारी मनोनयन गराएका फोरम नेपालको चर्को आलोचना गरेका थिए ।
राजपा नेपालका अध्यक्ष मण्डलहरुले बोल्ने क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै मधेशी मोर्चामा भएको निर्णय विपरित कार्य गरेको भनि आलोचना गरेका थिए । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उपेन्द्र यादवले मधेशी मोर्चालाई मात्र होइन, सिगों मधेशलाई धोका दिएको आरोप लगाए ।
सविधान संशोधन नभएसम्म चुनावमा सहभागि नुहने सबभन्दा बढी कडा रुपमा उनी नै प्रस्तुत भएका थिए तर अहिले उनी नै चुनावमा भाग लिनका लागि उम्मेदवारी दर्ता गराएको आलोचना गर्दै नेता यादवले यसको हिसाब मधेशी जनताले लिने धारणा राखेका थिए ।
मोर्चाका एक नेताले भनेः‘ उपेन्द्रजीलाई यसरी गर्नु हुँदैन्थ्यो, उहाँ एकीकरणमा नआएपनि उहाँमाथि आश थियो, मधेशलाई धोका हुदैन भनि विश्वास थियो तर उहाँले धोका दिनुभयो,’ अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने, ‘त्यसैले अब मोर्चा हुँदैन, सबैजना अब एउटै पार्टीभित्र आउनुपर्छ ।’ उनले सविधान संशोधन नभएसम्म राजपा नेपाल कुनै पनि हालतमा चुनाव नजाने स्पष्ट पारे । वैशाख २१ गते पनि संशोधन विधेयक पारित हुने सम्भावना नरहेको उल्लेख गर्दै उनले आन्दोलनबाट नै आफ्नो अधिकार सुनिश्चित गराउनु पर्ने अवस्था रहेकाले त्यसका लागि तयार रहन पार्टी पंक्तिलाई आग्रह गरे ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब मधेशी मोर्चाको औचित्य समाप्त भएको बताए । अब मधेशमा कुनै मोर्चा नबन्ने बनाउँदै उनले राजपा पार्टीमा गोलबन्द हुन सम्पूर्ण मधेशवादी दललाई आग्रह गरे । उम्मेदवारी दर्ता गराएर उपेन्द्र यादवले गल्ति गरेको उल्लेख गर्दै उनले मधेश जनताले यसको मूल्यांकन गर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed