Breaking News.... EverestOnlineKhabar
February 8, 2026

काठमाडौंमा एकता घोषणा : मधेशमा दिपावली

Loading

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टीमा परिणत भई ‘राष्ट्रिय जनता पार्टी’ बनेको छ ।

विहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकताको घोषणा गरिएको हो । मोर्चामा आवद्ध सात दल मध्ये ६ दल एकतामा सहभागी भएका छन् भने बाँकी एक दललाई एकताका लागि आह्वान गरिएको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी बनेको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पूर्वप्रधानमन्त्री एवं संविधान जारी गर्नमा प्रमुख भुमिका खेलेका डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गर्न लागेको भन्दै मोर्चाको एकीकरणमा सहभागी भएनन् । तर यादव र भट्टराईको एकीकरणअघि सो पार्टीबाट केही नेताहरु राष्ट्रिय जनता पार्टी(राजपा)मा सहभागी हुने विश्वास दिलाएका छन् ।

त्यस्तै, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले पार्टी पनि अन्तिम समयमा एकीकरणमा आएको छ ।

यता काठमाडौंमा एकीकरण हुँदा मधेशका जिल्लाहरुमा खुशियाली मनाइएको छ । विहीबार साँझ मधेशका जिल्लाहरुमा सर्वसाधारणले दिपाबली बनाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.