Breaking News.... EverestOnlineKhabar
June 18, 2026

चार्ली चाप्लिनका केही घटनाः चार महिलासँग विवाह, ११ छोराछोरीका बाबु (फोटोफिचर)

Loading

बिनाआवाज आफ्नो कलाबाटमात्रै संसारभरका दर्शकलाई हँसाउन चतुर चार्ली चाप्लिन विश्व रंगमञ्चमा बहुमुखी प्रतिभा भएका महान् कलाकारकोरुपमा चिनिन्छन् । -आज अप्रिल १६ अर्थात् चाप्लिनको जन्मदिन । सन् १८८९ अप्रिल १६ का दिन लन्डनमा गरिब पारिवारिक पृष्ठभूमिमा जन्मेर स्कुलसमेत जान नपाएपछि माग्दै हिँड्ने चाप्लिन कसरी महान् कलाकार बने त ?

चाप्लिनको निजी जीवनीलेखक डेभिड रोविन्सन्ले लेखेको चाप्लिन र उनको जीवनसँग जोडिएका केहि अनौठा घटनाहरु यस्ता छन् ।

उनको पूरा नाम चार्ली स्पेन्सर चाप्लिन हो । उनको बाल्यकाल निकै दुःखमा बित्यो । उनका बाबु रक्सी नपिइ बस्न सक्दैनथे र उनको आमालाई सधैं कुटेकै कारण आमा पागल भएकी थिइन् । त्यसपछि सात वर्षको उमेरमै चाप्लिन अनाथालयमा बस्न थाले ।

१३ वर्षकै उमेरमा उनले ‘शेरलक होम्स’ नामक नाटक खेलेर पहिलोपटक पैसा कमाएका थिए । चार्ली चाप्लिन आफैंले लेखेको फिल्म आफैं बनाउँथे, खेल्थे, संगीत कम्पोज्ड गर्थे र निर्देशनसमेत उनी आफैं गर्थे ।

उनका सबै फिल्म श्यामश्वेत र बिनाआवाजमा रेर्कड गरिएका छन् । सन् १९४० मा संसारकै क्रुर हिटलरको भूमिकामा ‘द ग्रेट डिटेक्टर’ फिल्ममार्फत् उनले हिटलरको मजाक उडाएर आफू कहिल्यै कम्युनिष्ट नभएको स्पस्ट पारेका थिए ।

चाप्लिनले सन् १९७३ मा ‘लाइम लाइट’ फिल्मको लागि उत्कृष्ट संगीत कम्पोज्ड गरेबापत अस्कर अवार्ड पाएका थिए । सन् १९७५ मा उनलाई बेलायती महारानी एलिजावेथ द्वितीयले ‘नाइटहुड’को उपाधि दिएकी थिइन् ।

उनले जीवनभर चारजना महिलासँग विवाह गरेर ११ जना छोराछोरीका बाबु बने ।

चाप्लिनको ८८ वर्षको उमेरमा सन् १९७७ डिसेम्बर २५ का दिन स्वीट्जरल्यान्डमा स्ट्रोक (मस्तिस्कघात)का कारण सुतेकै अवस्थामा मुत्यु भएको थियो ।

सन् १९७७ मार्च १ का दिन कफनबाट चार्ली चाप्लिनको शव चोरी भएको थियो ।

प्रहरीले एक महिनासम्म खोज्दा पनि शव फेलापार्न सकेन । पछि उनकी श्रीमती नोवा चाप्लिनले चोरीमा संलग्नहरुलाई पैसा दिएपछि उनको शव नोभिल गाउँनजिक कपडाले बेरिएको अवस्थामा भेटिएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.