Breaking News.... EverestOnlineKhabar
February 9, 2026

प्रधानमन्त्री दाहाल– राष्ट्रसंघका उपमहासचिव भेटवार्ता

Loading

काठमाडौ,२६ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहालसंग संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा पोषण कार्यक्रमका संयोजक ग्रेडा भरवर्गले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिकोबारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरुको सहकार्यमा यसमा सुधार भइरहेको बताए ।
उनले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेन्डा लिएर अघि बढेको बताउँदै ‘स्थानीय तहको निर्वाचनपछि महिला तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्णरुपमा समावेश बताए ।
उपमहासचिव ग्रेडाले नेपालले पोषणमा गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा राष्ट्रसंघले नेपाललाई पोषणको क्षेत्रमा थप काम गर्न सहयोग उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.