Breaking News.... EverestOnlineKhabar
April 18, 2026

सर्वोच्च अदालतले आईजिपी नियुक्त गर्ने होइन्ःमहामन्त्री कोइराला

Loading

विराटनगर,२६ चैत ।
नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले न्यायपालिकालाई व्यवस्थापिकाको नियन्त्रणमा राख्न आवश्यक रहेको बताएका छन् । सरकार नेपाल प्रहरीको आइजीपी नियुक्तिका विषयमा निर्णयमा पुग्न नसकिरहेका बेला कांग्रेस महामन्त्री कोइरालाको यस्तो जिकिर गरेका हुन् ।
विराटनगर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै महामन्त्री कोइरालाले भनेः‘व्यवस्थापिकाको अण्डरमा न्यायपालिका नरहँदा क्षेत्राअधिकार मिच्ने काम भएको छ, शक्ति सन्तुलनका लागि पनि व्यवस्थापिकाको अण्डरमा न्यायपालिका राख्न आवश्यक देखिन्छ ।’
महामन्त्री कोइरालाले प्रहरीको आइजीपी नियुक्ति सरकारको कार्यक्षेत्रभित्र पर्ने भन्दै आइजीपी नियुक्ति गर्ने विषयमा अनावश्यक रुपमा अदालतले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
एक अर्को प्रशंगमा महामन्त्री कोइरालाले उपप्रधानमन्त्रीको वरियताक्रममा नेपाली कांग्रेस ठूलो पार्टी भएकाले गृहमन्त्री विमलेन्द्र निधी बरिष्ठ उपप्रधानमन्त्री नै हुनुपर्ने बताए ।उनले भनेः‘मुलुककै ठूलो दल नेपाली कांग्रेस भएकाले विमलेन्द्रजीलाई नै माथिल्लो वरियता क्रममा राखिनु पर्छ, यो हाम्रो पार्टीको पनि धारणा हो ।’
महामन्त्री कोइरालाले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र स्थानीय तहको चुनावबाट भाग्न खोजेको आरोप समेत लगाए । महामन्त्री कोइरालाले स्थानीय तहको चुनावमा मधेसी मोर्चालाई साथमा लिएर जानुपर्ने बताए । मोर्चाको सहभागिताविना चुनावमा जाँदा मुलुकमा द्वन्द्वको खतरा निम्तिन सक्ने कोइरालाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed