Breaking News.... EverestOnlineKhabar
February 8, 2026

Loading

सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रमुखमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गरिदिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँच न्यायाधीशको पूर्ण इजलासले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई मध्यनजर गर्दै तत्काल नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्न सरकारको नाममा परमादेश समेत जारी गरेको सर्वोच्चका प्रवक्ताले बताएका छन्।

सर्वोच्चको आदेशसँगै सरकारले हाल निमित्तका भरमा चल्दै आएको नेपाल प्रहरीको नयाँ नेतृत्व छान्नुपर्ने भएको छ। मन्त्रिपरिषद्ले फागुन १ गते चन्दलाई प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेपछि त्यसलाई चुनौती दिँदै वरिष्ठता क्रममा पहिलो नम्बरमा रहेका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए।

त्यसअघि नै एकजना अधिवक्ताले दायर गरेको अर्को रिटसँग जोडेर सुनवाई गरिएको प्रहरी नेतृत्वको भविष्यसँग सम्बन्धित मुद्दामा मंगलबार सर्वोच्च अदालतको पूर्ण इजलासले आफ्नो फैसला सुनाएको हो।

फैसलाबारे सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यापले भने, “नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने गरी भएको नेपाल सरकार मन्त्रिपरिषद्को फागुन १ गतेको निर्णय प्रहरी नियमावली, २०७१ को नियम ४१ तथा स्थापित न्यायिक मान्यता प्रतिकूल देखिएकाले उक्त निर्णय र सो बमोजिम भए/गरिएका कामकारवाही उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध आलोचनाले भरिपूर्ण उक्त आदेशमा भनिएको छ, ‘निकटतम् प्रतिद्वन्द्वीमध्ये पहिलो, दोस्रो र चौथो वरियताक्रमका व्यक्तिका सम्बन्धमा कुनै कुरा उल्लेख नै नगरी चन्दको नाम मात्र उल्लेख गर्नु आफैंमा टिप्नु र चुन्नुको अनौठो नमूना बनेको छ। यसप्रकारको स्वेच्छादारी छनौट गर्न कानूनले अनुमति दिँदैन।’उच्च पदमा राज्यबाट गरिने नियुक्तिमा सरकारले पटक-पटक गर्ने मनोमानीमाथि सर्वोच्चको आदेश गतिलो झापड भएको कतिपयले टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.