Breaking News.... EverestOnlineKhabar
April 29, 2026

जंगलीहात्तीको आक्रमणबाट दुईको मृत्यु, पाँच जना घाइते

Loading

सप्तरी,२२ चैत ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीको आक्रमणबाट मंगलबार सप्तरीको हनुमाननगर, कंकालिनी नगरपालिकामा दुईजनाको मृत्यु भएको छ । जंगलीहात्तीको आक्रमणबाट अरु पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय रोशन झा र सञ्जय साफी छन् ।
मंगलबार बिहान १० बजेतिर बजारभित्र प्रवेश गरेको जंगलीहात्तीको आक्रमणबाट संगीत साह, कालीचरण दास, नवीना खातुन, इर्साद अली र बसन्त मण्डल घाइते भएका हुन् ।
घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed