Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

२०७७ बैशाख २९, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र सरोकारवाला सङ्घ÷संस्थाले कस्कीमा जातीय भेदभाव तथा छुवाछूत गर्ने अपराधीलाई संरक्षण गरेको भन्दै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामा माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीतु गौतम, गणेश विक, नेपाली काँग्रेसका नेता मीन विश्वकर्मा, संयुक्त दलित सङ्घर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ र दलित गैरसरकारी संस्था महासङ्घलगायत सङ्घ÷संस्थाले प्रेस विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्य थापाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

पोखरा महानगरपालिक– १६, बाटुलेचौर मा गत चैत २६ गते मोहन सुनारका आफ्ना भाइ सम्मरबहादुरको मृत्यु भएपश्चात काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीय देवबहादुर थापा, जनक थापालगायतकाले मोहन सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलौज र धाकधम्की दिई चरम जातीय विभेद गरेका थिए ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएकाले नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय ऐन), २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । स्थानीय समाजसेवी, दलित अगुवाको ठूलो दबाबमा पाँच दिनपश्चात पीडक जनक थापा, देवबहादुर थापा र राम बिसी पक्राउ परेका छन् ।

सो घटनालाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुको सट्टा प्रदेशसभा सदस्य थापाले उल्टै जातीय भेदभाव तथा छुवाछूत गर्ने अपराधीलाई समर्थन गर्ने विज्ञप्ति जारी गरेको भन्दै दलित समुदायले आपत्ति जनाउँदै आएका छन् । काँग्रेस निकट नेपाल दलित सङ्घले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्य थापालाई अभियुक्तसरह पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed