Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

भारतको आन्ध्र प्रदेशको विशाखापटनको एक रसायन प्लान्टमा ग्यास चुहावट (लिक) हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । ग्यास लिक भएपछि सो क्षेत्रको अवस्था त्रासपूर्ण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले रसायन प्लान्ट आसपासका पाँच गाउँका मानिसलाई सुरक्षित स्थानमा लगेको छ । ती गाउँका बासिन्दालाई मेघाद्री गेड्डासहितका स्थानमा लगिएको हो । ग्यासका कारण स्थानीय बासिन्दाले आँखा पोल्ने तथा स्वासप्रस्वासमा भोगिरहेका छन् । विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट ग्यास चुहावट भएको हो । सन् १९६१ मा निर्माण भएको सो प्लान्ट हिन्दुस्तान पोलिमर्सको थियो, जसलाई सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गरेको हो । ग्यास चुहावट हुँदा दुई सयजना भन्दा बढी बिरामी परेका छन् । प्लान्टबाट स्टाइरिन ग्यास लिक भएको हो । ग्यास लिक हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए । लकडाउनपछि काम सुरु भएको प्लान्टबाट ग्यास लिक भएको हो । अहिले सो क्षेत्रमा उद्धार तथा मर्मतको काम भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed