Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

२०७७ वैशाख २१, कैलाली । जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मृतकको शव घटनास्थलनजिकै सोही नदीमा फेला पारेको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालय परिसरमा माछापोखरी निर्माणको काममा प्रयोग भइरहेको जेसीबीका चालक मृत फेला परेका छन् । दाङको भालुवाङ स्थायी ठेगाना भएका ३१ वर्षीय तिलक बुढामगर मृत फेला परेका हुन् ।

माछापोखरी निर्माणकोे कामको ठेक्का पाएको देवसिंह सेवा निर्माण कम्पनीको उक्त जेसीबीका चालक बुढामगर शुक्रबार राति खाना खाएर सोही विद्यालयको कोठामा सुतेकामा बिहान मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । जेसीबीका सह–चालक हरिदत्त भट्टले प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ । सह–चालक भट्ट पनि सोही विद्यालयमा बस्दै आएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed