![]()
२०७६ चैत २४, काठमाडौं । आइतबार एकैदिन ९० हजार सिलिण्डर ग्यास वितरण गरिएको छ । काठमाडौं उपत्याकासहित देशभर आइतबार विभिन्न ग्यास उद्योगका ९० हजार सात सय एक सिलिण्डर ग्यास वितरण भएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । निगमले ग्यासको अभाव देखिएपछि वितरणमा जोड दिँदै आएको छ । शनिबार मात्रै देशैभर २४ हजार सिलिण्डर वितरण भएको थियो । निगमले निश्चित वर्गका लागि घुम्ती सेवामार्फत टेकुबाट वितरण गरिरहेको ग्यास पनि प्रभावकारी भएको जनाएको छ । ग्यास अभाव भए÷नभएबारे जानकारी लिन निगमले हटलाइन पनि सञ्चालनमा ल्याएको छ । हटलाइन ११४६ सँगै पैसा नलाग्ने नम्बर १६६०–०१–१००२८ तथा ९८५१२७३४७९, ९८५१२७३४३१ र ९८५१२७३२६९ नम्बर निगमले सञ्चालनमा ल्याएको हो ।


