Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ चैत्र २४, काठमाडौं – कोरोना भाइरसको महामारी फैलिएपछि अधिकांश मुलुक लकडाउनमा रहदा यतिबेला आपूर्ति व्यवस्था प्रभावित भएको छ । विश्वभरकै आपूर्ति व्यवस्था प्रभावित भइरहँदा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले भने यही अवस्था रहे खाद्य संकट आउन सक्ने चेतावनी दिएको छ । डब्लुएफपीले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले कोरोना भाइरसको महामारीले विश्वका गरिब मुलुकमा आर्थिक एवं खाद्य असुरक्षा निम्तन सक्ने आकलन गरेको छ । प्रतिवेदनमा आधारभूत खाद्यान्नको आपूर्ति एवं मूल्य भने अहिलेसम्म विश्व बजारमा नै सामान्य रहेको जनाइएको छ ।

तर, खाद्य सामग्रीको उत्पादन एवं आपूर्ति विश्वव्यापी प्रकृतिको भएकाले आपूर्ति शृंखलामा आउने कुनै पनि अवरोधले समस्या सिर्जना गर्ने र उत्पादनलाई उपभोगको स्थानसम्म र्पुयाउन चुनौतीपूर्ण हुने डब्लूएफपीका प्रमुख अर्थशास्त्री एवं बजार विश्लेषक म्याक्सिमो टोरेरो कुलेनले जनाएका छन् । यसअघि सन् २००८ को वित्तीय संकटको समयमा आयको ठूलो हिस्सा खानेकुरामा खर्च गर्न बाध्य भएका गरिब मुलुकहरू खाद्य वस्तुको मूल्य आकासिँदा थप प्रभावित हुने भएकाले त्यसतर्फ सचेत रहन समेत उनले आग्रह गरेक छन् । डब्लूएफपीका अनुसार विश्वभर अहिले लगभग २२ करोड मानिस खाद्य असुरक्षामा छन् भने १० करोड मानिस चरम खाद्य असुरक्षामा छन् । यसमध्ये अधिकांश अफ्रिकाका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed