![]()
२०७६ फागुन २३, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरसबाट बच्न सबै सचेत हुनुपर्ने बताएका छन् । उनले कोरोनाभाइरसबाट तर्सिन नभइ सचेत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा शुक्रवार कोरोना भाइरसबारे सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले नेपालमा अहिलेसम्म संक्रमणको दुःखद् घटना सुन्नु नपरेको सुखद् अवस्था रहेको तर यो सुखद अवस्था सधै रहन्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले अहिले नेपालका लागि पूर्व तयारी गर्ने अवसर भएको र त्यस अनुसार गर्नुपर्ने बताएका छन् । उनले सरकार एक्लैले मात्र होइन तीनै तहको सरकार र समुदायपनि सचेत हुनुपर्ने र मिलेर अघिबढ्नु पर्ने बताए । उनले सरकारले केही काम गरेको भएपनि पर्याप्त नभएको बताए । उनले कोरोना भाइरस संक्रमण रोकथाम र पूर्वतयारीका लागि सरकारले उपप्रधानमन्त्रीको संयोजकत्वमा समिति गठन भएको र त्यसलाई सहयोग गर्नेगरि संसदमा पनि विशेष समिति बनाइनु पर्ने बताए ।
उनले कोरोनाबारे एकै प्लेटफर्मबाट सूचना र जानकारी आउनुपर्ने बताए । टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए । सस्तो मूल्यमा पनि आइसोलेसन वार्ड बनाउन सकिने उनले बताए ।


