Breaking News.... EverestOnlineKhabar
April 28, 2026

स्रोत नखुलेको २६ लाखरुपैँया सहित ४ जना पक्राउ

Loading

२०७६ फागुन १३, काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३१ वर्षीय राजुकुमार कलवार रहेका छन् । प्रहरीले चारै जनालाई अवैध वित्तिय (हुण्डी) कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

सञ्जय र जयलाल वीरगञ्जको आदर्शनगरबाट पक्राउ परेका हुन् । बा.४८प. ६५९७ नम्बरको मोटरसाइकलमा सवार सञ्जयको साथबाट ९ लाख ७१ हजार र जयलालको साथबाट १० लाख स्रोत नखुलेको रकम बरामद भएको पर्सा प्रहरीले जनाएको छ । यस्तै वीरगञ्ज महानगरपालिका–१६ भन्सार गेट अगाडिबाट विजय र राजु पक्राउ परेका हुन् ।

बीआर ०५ एए ७२५५ नम्बरको भारतीय मोटरसाइकलमार्फत रक्सौलबाट वीरगञ्ज तर्फ आउने क्रममा विजय र राजु पक्राउ परेका हुन् । दुवै जनाको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई अवैध वित्तिय कारोबार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed