Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एकअर्कालाई नसहने बानीले काँग्रेस पछि परेको हो’ ः डा. महत

Loading

२०७६ फागुन १३, नुवाकोट । नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्टमन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसले आफूले गरेका कामको प्रचार नगर्दा निर्वाचनमा पछि परेको बताएका छन् । सोमबार बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सवमा नेता डा महतले काँग्रेसमा एक अर्काको अस्तित्वलाई स्वीकार नगर्ने बानीले गर्दा पार्टीले गति लिन नसकेको स्वीकारे ।

उनले भने, ‘‘अहिलेको सरकारले काम नगरे पनि प्रचार गर्न सिपालु भएकाले नागरिक मख्ख परेका छन् । काँग्रेसको सरकारले धेरै राम्रा काम गरे पनि त्यसको प्रचार गर्न सकेको छैन ।’’ डा महतले शिक्षामा पहुँच र क्षमता विकासको लागि परम्परागत शैक्षिक गतिविधिलाई भन्दा बढी सूचना प्रविधिलाई आत्मसात गर्न सुझाव पनि दिए ।

काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले क्याम्पसमा आएको विकासका काम, अनुदान सदुपयोग गर्न सुझाव दिँदै आएको कार्यक्रम रोक्ने, विवाद गर्नेभन्दा पनि क्याम्पसको हितको लागि काम गर्न सबैमा आग्रह गरे । नेपाली काँग्रेस नुवाकोटका पूर्वसभापति ध्रुव अधिकारीले सरकारले नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नचाहेको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले क्याम्पसको गुम्दै गएको प्रतिष्ठालाई उकास्न एकजुट भएर काम गर्न आग्रह गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed