Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ब्यंग्य गर्दै गगन थापाले संसदमा ‘स्वस्थानी कथा’ सुनाए

Loading

२०७६ फागुन ६, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा ब्यंग्य गरे । थापाले भने ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए होइन होइन भन्नु र चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए चोरीको सामान फिर्ता गर्नू ।’

सांसद थापाले के भने संसदमा ?
कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि, अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् ।
इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय
धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed