Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

२०७६ माघ १३, बाँके । ‘फोहोरी शहर’ को विशेषण लाग्ने गरेको नेपालगञ्ज अहिले सफासुग्घर शहरका रुपमा परिष्कृत हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र) ले फोहरलाई प्राङ्गारिक मलका रुपमा ‘मोहर’ बनाउन थालेपछि नेपालगञ्ज सफासुग्घर शहरका रुपमा परिष्कृत हुँदै गएको हो । ‘टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्छन् र ल्याण्डफिल साइटमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गछौँ’, उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने । यो शहरमा दैनिक २५ देखि ३० टनसम्म फोहर उत्सर्जन हुनेगर्छ । ल्याण्डफिल साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने वातावरण तथा सरसफाइ इञ्जिनीयर प्रकाश डीसीले बताए ।

‘तपाईहरु ढुक्क हुनुस्, अब नेपालगञ्ज शहर पूर्णरुपमा फोहरबाट मुक्त हुन्छ’ नगर प्रमुख डा धवलशम्शेर राणाले भने, ‘सबै नगरवासीले पनि नेपालगञ्जलाई फोहरमुक्त बनाउन हामीलाई सधैँ साथ भने दिनुपर्छ ।’ एशियाली विकास बैंक, शहरी विकास आयोजना र उपमहानगरपालिकाको संयुक्त लगानी गरेर रु ३९ करोडमा यहाँ ल्याण्डफिल्ड साइट निर्माण गरिएको हो । सम्झौता अनुसार ल्याण्डफिल साइटको सञ्चालन एक वर्षसम्म निर्माण कम्पनीले नै गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने, ‘उपमहानगरपालिकाका कर्मचारीले शहरमा कुचो लगाएर थुपारेको तथा नागरिकले डस्टबिनमा राखेको फोहर निर्माण कम्पनीका कर्मचारीले सङ्कलन गरी सञ्चालन गर्ने सम्झौता गरिएकोे छ, एक वर्षपछि भने ल्याण्डफिलको सबै जिम्मा उपमहानगरपालिकाले लिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed