![]()
२०७६ माघ ०७, काठमाण्डौ – पश्चिमी वायु सक्रिय हुँदा अहिले मध्यपश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । देशका अरु ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरैजसो ठाउँको मौसम नखुल्ने र मध्य पश्चिम तथा सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् । पश्चिमी वायुको प्रभाव देशभरि नै परे पनि पश्चिमबाहेकका ठाउँमा पानी नपर्ने उनको भनाइ छ । तर मौसम बदली भने हुनेछ । बुधबारदेखि भने मध्यपश्चिम र सुदूरपश्चिमको मौसम पनि खुल्ने सम्भावना रहेको उनले बताइन् ।


