Breaking News.... EverestOnlineKhabar
March 13, 2026

काठमाडौं र भरतपुरको यस्तो छ पछिल्लो मतगणना

Loading

काठमाडौं, जेठ १३ । पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत् अब जम्मा तीन स्थानकोमात्र परिणाम घोषणा हुन बाँकी छ ।

जसमा काठमाडौं र भरतपुर महानगरपालिका एवं चाँगुनारायण नगरपालिका रहेका छन् ।

शनिबार दिउँसो साढे ४ बजेसम्मको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६१ हजार ५ सय ६० मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ४३ हजार ५ सय ३७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २२ हजार ३४५ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १७ हजार ५९९ मत प्राप्त गरेका छन् ।

यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ३७ हजार ९ सय ६० मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ४ सय ५६ मत ल्याएर पछ्याइरहेकी छन् ।

यता, भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना पनि जारी छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.