Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एक साताभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

Loading

काठमाडौ,१२ जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा नयाँ सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । संविधानको धारा २९८ को उपधारा २ बमोजिम एक साताभित्र सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयको तर्फबाट राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विहीबार विज्ञप्ति जारी गरी सात दिनभित्र सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed