Breaking News.... EverestOnlineKhabar
April 29, 2026

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर परिस्थिति बिगारेको एमालेको आरोप

Loading

काठमाडौ,११ जेठ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएर परिस्थिति बिगारेको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको घोषणा गरेपछि बुधबार बसेको एमाले स्थायी समिति बैठकले प्रधानमन्त्रीले राजिनामा दिएर परिस्थिति झनै अन्योलपूर्ण बनाएको निश्कर्ष निकालेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसेको बैठकले सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा प्रचण्डले राजीनामा दिएर परिस्थिति बिगारेको ठहर गरेको छ ।
एमालेले स्थानीय तहको पूर्वनिर्धारित संख्या र सीमाभित्र रहेर आगामी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।‘स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको, तत्कालै संसदमा सरकारको नीति तथा कार्यक्रम र बार्षिक आय–व्यय (बजेट) पेस गर्नुपर्ने तथा संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गरिरहेको बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाउनुभएको छ ।’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed