Breaking News.... EverestOnlineKhabar
March 15, 2026

जेठ १५ गते पूर्ण बजेट ल्याउँछौं : अर्थमन्त्री

Loading

काठमाडौं, जेठ ९ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचन आचारसंहिता प्रतिकूल नहुने गरी जेठ १५ गते पूर्ण आकारको बजेट ल्याउने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार प्रमुख दलहरुसँगको छलफलपछि महराले पूर्ण आकारको बजेट ल्याउने गरी सरकार जुटेको बताए ।

उनले संविधानले दिएको अधिकार प्रयोग गरेर सरकारले बजेट ल्याउने प्रस्ट पारे ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.