![]()
स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले मनाङ र म्याग्दीबाट खाता खोलेको छ ।
मनाङमा काँग्रेसका उम्मेदवार मिङमर छिरिङ लामा सर्वसम्मत भएका छन् । उनी मनाङको नार फू गाउँपालिकामा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिएका छन । उनका अनुसार कूल ५ वटा वडा रहेको सो गाउँपालिकामा ५ वटै वडाध्यक्ष समेत काँग्रेसका उम्मेदवारहरु निर्विरोध भएका छन् । उपाध्यक्षमा भने दुर्इजनाको उम्मेदवारी परेको छ । कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत चुनिएका हुन् ।
यता, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् । वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध अध्यक्ष भएका हुन् ।
उनी जनता माद्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष समेत हुन् । यस्तै, ८ नम्बर वडा कुईनेमँगलेबाट काँग्रेसकै वडा सदस्यहरु खबहादुर छन्त्याल, महिला सदस्य प्रीति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


