Breaking News.... EverestOnlineKhabar
April 29, 2026

‘तीनै प्रदेशमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता’……….

Loading

झण्डै दुई दशकपछि हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार तीन प्रदेशका सबै स्थानमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता
भएको निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारी दर्तासँगै प्रदेश नम्बर तीन, चार र छ का २८३ गाँउपालिका र नगरपालिकामा अबको १२ दिनपछि स्थानीय तह चुनावको तयारी तीव्र गतिमा अघि बढ्ने अपेक्षा छ।
निर्वाचन आयोगका अनुसार तीन प्रदेशमा १३ हजार ५ सय ५६ वटा पदका लागि उम्मेदवारी दर्ता भएको बताइएको छ। तर उम्मेदवारहरुको कूल संख्या प्रष्ट भइसकेको छैन।
उम्मेदवारी दर्ता
प्रमुख दलहरु अधिंकाश स्थानीय तहमा उम्मेदवारी दिएका छन भने केही ठाँउमा अन्य दलसँग तालमेल गरेर पनि उम्मेदवारी दर्ता गराएका छन्।
संसदमा दर्ता नभएका साना दलहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
राजधानी काठमान्डू महानगरपालिका लागि उम्मेदवारी दर्ता भएको स्थान राष्ट्रिय सभागृह पुगेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तीनवटै प्रदेशमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएका खबर प्राप्त भएको बताए।
“उम्मेदवारी दर्ता भइरहेका छन्। निर्वाचन आयोग परिवार निकै उत्साहित छ।”
संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय गरेको संयुक्त लोकतान्त्रीक मधेशीमोर्चामा रहेको संघीय समाजवादी फोरम नेपालले नयाँ शक्ति नेपालसँग मिलेर केही स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ।
औपचारिक प्रकृया
३१ गते मतदान तोकिएको पहिलो चरणको निर्वाचनका लागि मंगलबारको उम्मेदवारी दर्ता संगै निर्वाचनको औपचारिक प्रकृया शुरु भएको छ।
तीन नम्बर प्रदेशदेखि पश्चिमतिर पर्ने चार नम्बर प्रदेशमा पनि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएका विवरण प्राप्त भएका छन्।
सो प्रदेशको पोखरा-लेखनाथ महानगरपालिकामा सबै प्रमुख दल, केही साना दल र केही स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दाखिला गरेको त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कर्णालीका पाँच सहित १० जिल्ला रहेको ६ नम्बर प्रदेशमा पनि शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको अधिकारीहरुले जनाएका छन्।
२५ नगर र ५४ गाउँपालिका रहेको सो प्रदेशका कतिपय ठाउँमा दिउँसो मात्र उम्मेदवारको ठेगान लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed