![]()
धनगढी,२६ चैत ।
नेपाली कलाकारिताका लागि मलेशिया उर्वर वन्दै गइरहेको वेला पछिल्लो समय मलेशियामा रहेर नेपाली सांगितिक क्षेत्रमा मोडेलका रुपमा जमिरहेका सुदरपश्चिमका मोडेल कृष्ण रोकाया र मोडेल अनिता वस्नेतद्धारा अभिनित लोक दोहोरी गीत ‘विगतका दिन’ छिट्टै वजारमा आउने भएको छ ।
सविता विक को प्रस्तुतिमा रहेको गीतमा भोजराज विक र पुर्णकला विसीको स्वर रहेको छ भने शव्द सविता विकको नै रहेको छ । मलेशियाका विभिन्न रमणिय ठाउहरुमा छायाकंन गरिएको भिडीयो वजारमा आएपछि आफुलाइ यस क्षेत्रमा स्थापित हुन थप मदत पुग्ने मोडेल कृष्ण रोकायाको विश्वास छ ।


