131 total views, 2 views today
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस भएकी छन् । नेपाली कांग्रेसकी नेतृ आरजुलाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको हो । सुदूरपश्चिम प्रदेश कमिटीले आरजुलाई खस आर्य महिला समूहबाट समानुपातिकमा सिफारिस गरेपछि त्यसबारे अन्तिम टुंगो लगाउन अहिले काँग्रेसमा छलफल भइरहेको छ ।
आरजु आफै प्रत्यक्षमा चुनाव लड्ने तयारीमा थिइन् । तर, पछिल्लो समय उनि समानुपातिकमा बस्ने निर्णयमा पुगेको अपुष्ट खबरहरु आएका छन् । प्रत्यक्षमा चुनाव लडेर भावी प्रधानमन्त्रीको रुपमा पनि आरजुले दौडधुप गरिरहेको चर्चाहरु समेत भइरहेका थिए ।
आरजु २०७४ को निर्वाचनमा कैलाली–५ मा एमालेका नारदमुनि रानासंग पराजित भएकी थिइन्।