144 total views,  2 views today

काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भ्रष्टाचार चोख्याउन नेकपा एमालेले विभिन्न षड्यन्त्र गरिरहेको बताएका छन् । राष्ट्रिय सभाका पूर्वसांसद समेत रहेका बिडारीले आज सर्वोच्च अदालत परिसरमा संचारकर्मीहरुलाई प्रतिकृया दिदैं जबरालाई जोगाउन एमाले लागि परेको बताएका हुन्।

‘नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्र जस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनको निम्ति लागिपरेको छ, प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो। यस्तो गर्नु राम्रो होइन । र बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनको निम्ति एमालेले खेलेको षड्यन्त्र हो’, अधिवक्ता बिडारीले भने ।

उनले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने समेत बताए ।

जबराबिरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने पनि वरिष्ठ अधिवक्ता बिडारीले बताए।

‘जबराबिरुद्धको महाअभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्छ, अहिले संसद् भङ्ग भएको होइन्, अधिवेशन मात्रै अन्त्य भएको हो’, उनले भने । बिडारीले वश्यक परेमा संसद्को अधिवेशन बोलाउन सकिने पनि तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार