149 total views,  2 views today

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन्। जबराले जबरजस्ती सर्वोच्च आउन खोजे विरोधका कार्यक्रमका गरिने उनको भनाई छ ।
आज सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिमिरेले जबरा सर्वोच्चमा फर्किन नमिल्ने बताए ।

उनले संसद्को कार्यकाल सकिएको नभई सांसदहरूको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाभियोगको सम्बन्धमा आगामी संसद्ले प्रष्ट पार्ने समेत बताए । अध्यष घिमिरेले सांसदहरूको कार्यकाल सकिएको भएपनि संसद् नसकिएको बताए । संसद् सकियो भनेर गरिएको तर्क गलत रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार