139 total views,  2 views today

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ। निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुले आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फ आफ्ना उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ ।

आज र भोलीसम्म समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने भएपनि दलहरुले उम्मेदवारको टुंगो लगाउन सको छैनन् । समानुपातिक निर्वाचन प्रणालीअनुसार दलहरूले प्रतिनिधिसभाका लागि बढीमा १ सय १० र प्रदेश सभाका लागि बढीमा २ सय २० सहित ३ सय ३० उम्मेदवार चयन गर्नुपर्नेछ।

मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन्। जसअनुसार २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक सदस्य निर्वाचित भएर आउँछन् ।

बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला हुनुपर्ने ब्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार