121 total views,  2 views today


काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले देशलाई ठुलो दुर्घटनाबाट जोगाएको बताएका छन् । आज काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नेता सिंहले तत्कालीन केपी ओली नेतृत्वको सरकारले संविधान मिचेर देशमा दुर्घटना निमत्याउन खोज्दा गठन भएको गठबन्धन सरकारले संविधान जोगाएर देशलाई ठुलो दुर्घटना हुनबाट जोगाएको बताएका हुन् ।

तात्कालीन ओली नेतृत्वको सरकारले संविधान विपरीत दुई दुई पटक संसद भंग गरेर देशलाई दुर्घटनातर्फ लैजान खोज्दा पाँच राजनीतिक दलहरु मिलेर गठबन्धन सरकार बनेको उनले दाबी पनि गरे। नेता सिंहले संविधानको रक्षा गर्दै जनताका हकअधिकार सुरक्षित गरेको गठबन्धन सरकारले आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने प्रमुख लक्ष्य लिएकाले आम मतदाताहरूले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

नेता सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको समेत बताए।
उनले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार