146 total views, 2 views today
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्वोधन गरेका छन् । आज मन्त्रालयमा “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रमको तेस्रो अँकमा प्रत्यक्ष फोनमार्फत कुरा गर्दै उनले ९ जना श्रमिकका गुनासो सम्वोधन गरेका हुन् ।
श्रमिकले प्रत्यक्ष फोनमार्फत मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा फिर्ता नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासाहरु राखेका थिए ।
जवाफमा मन्त्री कुँवरले उनिहरुका गुनासा र समस्याहरुबारे तत्काल सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिए । पछिल्लो समय मन्त्रालयमा ठगिएका गुनासो बढि आउने गरेकाले त्यसका लागि मन्त्रालयले सहजिकरण गर्ने बताए ।
साथै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताए ।
म्यानपावरहरुले श्रमिकबाट विदेश पठाउछु भनेर पैसा लगेको प्रमाण नभएका कारण उनिहरुको रकम फिर्ता र कारवाही गर्नमा समस्या भइरहेको उनले बताए।