152 total views,  2 views today

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेपाल विद्यार्थी संघले प्रर्दशन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एकजना प्रर्दशनकारी घाइते भएका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले थनक्याएर राखेको भन्दै संघले राष्ट्रपति विरुद्ध प्रदर्शन गर्दै उनको पुतला दहन गर्न खोज्दा प्रहरीसंग झडप हुँदा एकजना प्रर्दशनकारी घाइते भएका हुन् ।

। पुतला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रर्दशनकारी र प्रहरीबीच ढुंगा हानाहान समेत भएको थियो । प्रहरीसँगको हानहानमा एक प्रर्दशनकारीको हातमा चोट लागेर घाइते भएको निविसंघले जनाएको छ ।

प्रहरीले बल प्रयोग गरेर प्रर्दशनमा उत्रिएका विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप भएको थियो । सरकारले नागरिकता विधेयकलाई दुबै संसदबाट पुनः पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ । तर, राष्ट्रपति भण्डारीले यसअघि नै १५ बुंदे सुझावसहित विधेयक संसदमै फिर्ता पठाएकी थिइन् । त्यसपछि सत्ता गठबन्धन दलहरुले विधेयकमा राष्ट्रपतिले राजनीति गर्न खोजेको भन्दै कुनै संशोधन नगरी हुवहु पारित गरेर प्रमाणीकरणका लागि पठाएका थियो । जसमा राष्ट्रपतिले ढिलाई गरेको भन्दै सत्ता गठबन्धन चिडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार