Breaking News.... EverestOnlineKhabar
March 12, 2026

१ हप्ताको अल्टिमेटम दिदैं कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

Loading


काठमाडौं । कान्ति बाल अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । २४ बुँदे माग राख्दै अस्पतालको विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। विरोधस्परुप उनिहरुले आजदेखि कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

आफ्ना माग पूरा गर्न अस्पताल नेतृत्वलाई आन्दोलनकारीले एक साताको समयसीमा दिएका छन् । आगमी भदौ २१ गतेसम्ममा माग पूरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने उनिहरुको भनाई छ ।

अस्पताल प्रशासनले मनलाग्दी रूपमा कर्मचारी नियुक्ति गर्ने, खरिद प्रक्रियामा नेतृत्व तहबाट आर्थिक अनियमिता गरेको, आफ्ना मान्छेलाई मात्रै टेण्डर दिइएको लगायतका उनिहरुका आरोप छन् । कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनु लगायतका माग राखेका छन् । आफ्ना मागबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सचिवहरुलाई भेटेर जानकारी समेत गराइसकिएको उनिहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.