528 total views,  2 views today

२०७७ माघ ३, काठमाडौँ । बिनोद भण्डारीको शतकमा विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आर्मीसंग गण्डकी प्रदेश ९९ रनले पराजित भयो । २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट बन्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । शतक बनाएका बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कप प्रतियोगिता आयोजना गरेको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार