542 total views, 2 views today
२०७७ माघ ३, काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिने समाचार सवैको चासो बनेको छ । सामाजिक संजालमा राईको विवाहको समाचार अहिले भाइरल भैरहेको छ । राजनीतिमा सफलताको शिखर चढ्दै गरेका राइ अहिलेसम्म अविवाहित हुनुहुन्छ । प्राय अन्तर्वार्तामा उहाँलाइ सोधिने एउटा प्रश्न पनि विवाहकै बारेमा हुने गरेको थियो। पछिल्लो समय उहाँलेपनि विवाह छिट्टै हुने छनकका भनाइ राख्ने गर्नुभएको थियो । सरल स्वभाव र आकर्षक ब्यक्तित्वका धनी मुख्यमन्त्री राईको विवाह यही माघ ११ गते हुने बताइएको छ । उहाँको विवाह शेर्पा थरकी युवतीसँग काठमाडौंमा हुने तय भएको समाचार छ । विवाहको भोज कार्यक्रम काठमाडौं र प्रदेश राजधानी विराटनगरमा हुने बताइएको छ ।।