441 total views,  2 views today

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो । प्रतियोगितामा उत्तर पश्चिम पृतना दोस्रो तथा उपत्यका पृतना तेस्रो भएका छन् । यस्तै खेल प्रदर्शनका आधारमा जगदल गण पहिलो, दुर्गा बक्स गण दोस्रो तथा ज्वाला दल गण तेस्रो भएका छन् । सुटिङअन्तर्गत मिक्स पेस्तोलतर्फ शुक्रबार सम्पन्न फाइनल खेलमा १६ नम्बर बाहिनी अड्डाको जगदल गण पहिलो भयो । जगदल गणका गनर दीपक ओड र राधिका घर्ती ६५६ अङ्क प्राप्त गर्दै प्रथम हुनुभयो । सोही स्पर्धामा उत्तर पश्चिम पृतनाको नन्द बक्स गणका सिपाही आदित्य खड्का र ज्वाला दल गणकी सिपाही विमला भण्डारी दोस्रो तथा १३ नम्बर बाहिनी अड्डाको नम्बर २ राजदल गणका अमलदार कृष्ण शाही र सोही गणकी गनर दिलकुमारी रम्जाली तृतीय हुनुभयो । खड्का र भण्डारीले कूल ६३२ तथा शाही र रम्जालीले कूल ६२७ अङ्क प्राप्त गर्नुभएको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र, जङ्गी अड्डाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार