नेपाली फुटबल टिमको इङ्ग्ल्याण्ड भ्रमण स्थगित

252 total views, 3 views today

२०७६ चैत्र ५, काठमाडौं । राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्डको ’सी’ टिमबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै मैत्रीपूर्ण खेल रद्द भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल संघबीच मैत्रीपूर्ण खेल सहित फुटबल विकासमा सहकार्य गर्ने बारेमा जनवरीमा प्रारम्भिक सहमती पत्रमा हस्ताक्षर भएको थियो । सोही अनुसार नेपालको राष्ट्रिय फुटबल पुरुष टिम र इंग्ल्यान्डको ’सी’ टिमबीच एल्डरसटमा मे २५ मा मैत्रीपूर्ण खेल खेलाउने मिति तय भएको थियो । तर, कोरोनाको प्रभावका कारण सो खेल रद्द गरिएको एन्फाले जनाएको छ । नेपालले अर्को वर्ष सो खेल आयोजनाको प्रस्ताव इंग्ल्यान्डको ’सी’ टिमसँग राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार