सिराहाबाट जनकपुर पठाइएकामा कोरोना संक्रमण भेटिएन

249 total views, 3 views today

२०७६ चैत ४, जनकपुर । कोरोनाभाइरस संक्रमणको आशंकामा सिरहाबाट जनकपुर स्थित प्रादेशिक अस्पताल पठाइएका ९ जनालाई सामान्य उपचारपछि घर फर्काइएको छ । सोमबार बेलुका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमणको भएको आशंकामा थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।

केही दिनअघि रोजगारीको शिलशिलामा भारतको पंजाबबाट फर्केका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो । उनीहरु सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको जानकी मेडिकल कलेजले जानकारी दिएको छ ।

बिरामी भएका ९ जनामा देखिएको ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि थप उपचारका लागि जनकपुर पठाएको जानकी मेडिकल कलेजका डा.राम उदगार यादवले जानकारी दिए । यता प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारसहित परिक्षण गर्दा सामान्य रुघा खोकी र ज्वरो लागेको हुनाले सामान्य उपचार गरी औषधीहरु नियमतरुपमा सेवन गर्नका लागि भनेर घर फर्काइएको प्रादेशिक स्वास्थ्य विभागका निर्देशक डा.विजयकुमार झाले जानकारी दिए ।

उनका अनुसार हामीले थाहा पाए लगत्तै यस प्रति हामी सचेत भई उपचार तर्फ ध्यान दियौँ, तर पछि सामान्य रुघा खोकी र ज्वरो रहेकोले चिकित्सकको सल्लाह अनुसार औषधी सेवनका लागि भनेर घर फर्काइएको स्पष्ट पारे । उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार